काठमाडाैं : साेमबार देशैभरि आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज राति पनि देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भूभागका केही स्थानमा तथा पुर्वी भूभागका थोरै स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना छ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेठ २० गते सोमबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही देशको पश्चिमी र मध्य भूभागका केही स्थानमा तथा पुर्वी भूभागका थोरै स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ २१ गते मंगलबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरी, मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २२ गते बुधबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य तथा पुर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भूभागका १/२ स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६