बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप २०१९ मा बिजयी सुरुवात गरेको छ । बंगलादेशले आईतबार राती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
बंगलादेशले प्रस्तुत गरेको ३ सय ३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाले पहिलो विकेटका रुपमा ओपनर क्विन्टन डी ककलाई २३ रनमा गुमाएको थियो । एडेन मार्करामसँग रनको तालमेल गर्न नसक्दा रन आउट हुन पुगेका थिए । २० ओभरको चौथो बलमा सकिब अल हसनले एडेनलाई ४५ रनमा बोल्ड आउट गरे ।
२७ ओभरको चौथो बलमा मेहेदी हसन मिराजले कप्तान फाफ डु प्लेसिसलाई ६२ रनमा बोल्ड आउट गरे । । डेविड मिलरले ४३ बलमा २ चौका प्रहार गर्दै ३८ रनमा आउट भए ।
४० ओभरको पहिलो बलमा मोहम्मद सैफुद्दीनले रस्सि भान डर डुसेनलाई ४१ रनमा आाउट गरेपछि अफ्रिकाको जित कठिन बनेको थियो । तल्लोक्रममा जेपी ड्यूमिनीले ३७ बलमा ४ चौका सहित ४५ रनमा बोल्ड आउट भए । क्रिस मोरिस १० रनमा आउट हुँदा कागिसो रबाडा १३ र इमरान ताहिर १० रनमा अविजित रहे ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । मोहम्मद सैफुद्दीनले २, सकिब अल हसन र मेहदी हसनको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि लन्डन स्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगालदेशले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ३० रन बनाएको थियो । विश्वकपमा बंगलादेशले बनाएको यो हालसम्मकै उच्च योगफल हो ।
अफ्रिकाका लागि एन्डिले फेहलुकवेले,इमरान ताहिर र क्रिस मोरिसको नाममा समान २ विकेट रह्यो ।
प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६