काठमाडाैं : राजधानीको गोकर्णेश्वर–६ स्थित चामुण्डा माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको बृहत भेलाले सामाजिक अभियन्ता कुमारराज सुवेदीको अध्यक्षतामा चामुण्डा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको तदर्थ कार्यसमिति गठन गरेको छ ।
तदर्थ समितिको उपाध्यक्षमा रत्नमान आँसु, सचिवमा शान्ताराम आचार्य तथा कोषाध्यक्षमा लक्ष्मी शाह रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज पुडासैनी, डाक्टर सोमबहादुर धिमाल, कृष्णहरि भण्डारी, कुमार पौडेल र बच्चुराम शर्मा छन् ।
भेलाले आगामी ६ महिना भित्र प्रथम साधारण सभा गर्ने तदर्थ समितिका अध्यक्ष सुवेदीले जानकारी दिए । वि.सं २०२४ सालमा स्थापित चामुण्डा मावि राजधानीको पूर्वी क्षेत्रको अग्रणी शैक्षिक केन्द्र मानिन्छ । मुलुककै प्रतिष्ठित सामुदायिक विद्यालयहरुको सूचीमा पर्ने चामुण्डा माविमा हाल १२ कक्षा सम्म पठन–पाठन हुँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६