चितवन : चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।
निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका प्यूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडियाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ । बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका प्यूठ फैजाराज विकलाई आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट विक गम्भीर घाइते भएका थिए । घाइते विकको काठमाडौंमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६