काठमाडाैं : आइतबार देशैभरि आंशिकदेखि सामान्य बदली रही केही पहाडी भूभाग र पूर्वी तराईमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेठ १९ गते आइतबार
दिउँसो: देशैभरि आंशिक देखि सामान्य बदली रही केही पहाडी भूभागमा र पूर्वी तराईमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २० गते सोमबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानर मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।
जेठ २१ गते मंगलबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६