सुर्खेत : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार तानाशाह बन्नेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् ।
शनिबार सुर्खेतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनाव जितेर आएका सबै लोकतान्त्रिक नहुने भन्दै ओलीको चाहना तानाशाह बन्नेतर्फ उन्मुख भएको बताए ।
नेता पौडेलले दुईतिहाइ बहुमतको वर्तमान सरकारले जनमतको दुरुपयोग गरेको ठोकुवा गरे । सरकारले अहिले पनि स्थानीय र प्रदेश सरकारलाई अधिकार नदिएको भन्दै उनले सांसदलाई करोडौं बाँडेर उपभोक्ता समिति बनाइ भ्रष्टाचार गर्ने मनसाय देखिएको टिप्पणी गरे ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६