भारतको हालै सम्पन्न लोकसभा चुनावमा साइकलबाट नै चुनाव प्रचार गरेका प्रताप चन्द्र सारंगीले चुनाव जिते ।
जितेर उनी सासंद मात्र बनेनन्, मोदी सरकारको राज्यमन्त्री पनि चुनिएका छन् । भारतीय जनता पार्टीबाट चुनाव लेडेका उनले करोडपति उम्मेदवार रवीन्द्रकुमार जेनालाई हराएका थिए ।
ओडिसाका मोदी उपनामले पनि उनी चिनिन्छन् । चुुनाव लड्न खर्च धेरै गर्नुपर्छ भन्नेका लागि उनी उदारण हुन् ।
मोदी सरकारको मन्त्री सारंगी जस्ता पार्टीका गरिब नेतालाई चुनावी मैदानमा उतार्नु र जितेपछि मन्त्री नै बनाउनु मोदी सरकारको प्रशंसनीय काम भएको भारतका सञ्चारकर्मीहरुको विश्लेषण छ ।
भारतीय जनता यस्तै सांसद देशमा चाहिएको बताउँछन् । भारतका ५४२ सांसदमध्ये यिनी सबैभन्दा गरिब सांसद मानिन्छन् ।
हाम्रो देशमा पनि यस्तै नेताले मौका कहिले पाउलान् ?
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६