काठमाडाैं : शनिबार देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने र देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेठ १८ गते शनिबार
दिउँसो: देशको पूर्वी तथा मध्य भूभाग लगायात पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ १९ गते आइतबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ २० गते सोमबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा र मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६