विसं २०७६ सालको सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गते सुरु गर्ने अखिल नेपाल फुटबल संघले निर्णय गरेको छ ।
शुक्रबार बसेको बैठकले लिगको मिति तोक्नुका साथै राष्ट्रिय लिगको अवधारणा पनि अगाडी सारेको छ । ए डिभिजन लिगका शिर्ष ६ र एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टोलीले राष्टिय लिग खेल्ने प्रावधान अगाडी सारिएको छ ।
एन्फा प्रेसिडेन्ट लिगमा ७ प्रदेशका उत्कृष्ट ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रेसिडेन्ट लिग संचालन गर्नका लागि एन्फाले संयोजक पनि छनोट गरेको छ । प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भिमबहादुर थापा तथा प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग संचालन समिति गठन गरिनेछ । प्रदेश ४ को हकमा भने छिट्टै संयोजक चयन हुने जानकारी दिइएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६