पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा शितलबाबु श्रेष्ठका अनुसार अनुगमनका त्रममा कुरेसीले खसीको मासु भन्दै झुक्याएर बाख्राको मासु बेच्ने गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, वाणिज्य कार्यालयका प्रमुख कृष्ण पौडेल, उपमहानगरपालिका र प्रहरीसहितको टोलीले मासु पसलको अनुगमन गरेको हो ।
अनुगमन गर्न आएको थाहा पाएपछि अधिकांश मासु पसले पसल बन्द गरी भागेका थिए । सो क्रममा पसल दर्ता नगरी सञ्चालनमा आएका ६ मासु पसलमा ताला लगाइएको छ । रासस