काठमाडौं : पूर्वमा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबारदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै हल्का तथा मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभाव आइतबारसम्म रहने बताइएको छ ।
आज देशका पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । शनिबार देशका पूर्वी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने छ ।
हेर्नुहोस् आगामी तीन दिनको मौसमी पूर्वानुमानः
जेठ १७ गते शुक्रबार
दिउँसो: देशका पूर्वी र मध्य भूभाग लगायत र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केही स्थानका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी र मध्य भूभाग लगायत र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केही स्थानका साथै पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ।
जेठ १८ गते शनिबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ १९ गते आइतबार
दिउँसो: देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६