भारतका निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले दाेस्राे कार्यकालका लागि प्रधानमन्त्रीकाे शपथग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित शपथग्रहण समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् ।
मोदीको पहिलो क्याबिनेटमा गृहमन्त्री रहेका राजनाथ सिंहले केन्द्रीय मन्त्रीकाे शपथ लिएका छन् । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले केन्द्रीय मन्त्री पदको शपथ लिएका छन्। शाहले अर्थ र रक्षामध्ये एक मन्त्रालय पाउने अनुमान छ ।
यस्तै नितिन गडकरी, स्मृती इरानी, सदानंद गौडा, निर्मला सीतारमण, रामविलास पासवान, धर्मेन्द्र प्रधान, नरेन्द्र सिंह तोमर, रविशंकर प्रसाद, पूर्व विदेश सचिव एस जयशंकर, रमेश पोखरियाल लगायतले मन्त्री पदको शपथ लिएका छन्।
मोदीको शपथग्रहण समाराेहमा नेपालका प्रधानमन्त्री केपी ओलीसहित बिमस्टेकका राष्ट्र प्रमुख र सरकार प्रमुख उपस्थित छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६