धनुषा: गत बैसाख २४ गते अढाई वर्षीय बालकको हत्यामा धामीले आफू शक्तिशाली बन्न बली दिएकाे पुष्टि भएकाे छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा धामीकाे संलग्बानता रहेकाे रहस्य खुलेको हाे । स्थानिय शत्रुधन महतोले बालकको बलि दिए आफू ‘शक्तिशाली’ हुने भन्दै साढे दुई वर्षका बालकको बलि दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बताए।
प्रहरीको अनुसन्धानबाट घरनजिकैको बाँसघारीमा भेटिएको ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव बलि दिएर फालेको खुलेको हो । प्रहरीले मृतकको घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । महतोले गर्ने धामीझाक्रीको काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा हँसियाले रेटेर बालकको हत्या गरेका हुन् ।
घटनाको जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय ढल्केवर धनुषा, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर र २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाको टोलीले अनुसन्धान गरेको थियो । साथै कुकुरको टोली मगाएर तालिमप्राप्त कुकुर समेत अनुसन्धानमा परिचालन गरिएकाे थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६