चितवन : निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको बारमा बुधबार बिहान डोजर चलाएर भत्काउने प्रकाश कँडेलसहित १७ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न कँडेलसहित अन्य १६ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेलको नेतृत्वमा स्थानीयले भत्काएका हुन् ।
कँडेल नेकपाका स्थानीय नेता समेत हुन् । बुधबार बिहान डोजरसहित आएका ती व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् ।
बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६