काठमाडौं : तलब वृद्धिको माग गर्दै आएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरू आन्दाेलित भएका छन् ।
विगत लामाे समयदेखि तलब बढाउन माग गर्दै आएका डाक्टरहरू काम छोडेर धर्नामा उत्रिएका हुन् । तलब वृद्धिका लागि पटकपटक व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै उनीहरू बुधबारबाट धर्नामा बसेका हुन् ।

प्रतिष्ठानको एमबिबिएस र बिडिएसका इन्टर्न डाक्टरहरू उपकुलपति कार्यालयअघि बुधबार दिनभर धर्ना बसे । आफ्नो माग पूरा नभएसम्म निरन्तर धर्नामा बस्ने इन्टर्न संघर्ष समितिका संयोजक डा सञ्जय बरालले जानकारी दिए ।
उनीहरूले नेपाल सरकारको स्वास्थ्यको आठौं तहको मेडिकल अफिसरले पाउने तलबको ५० प्रतिशत तलब इन्टर्नहरूले पाउनुपर्ने माग गर्दै आएका छन् । सरकारको आठौं तहका मेडिकल अफिसरहरूले ३६ हजार हाराहारीमा तलब पाउँछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६