अर्थ मन्त्री डा. युवराज खतिवडाद्वारा संसदमा बुधबार सार्वजनिक आगामी आर्थिक वर्षको कूल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेटमा शिक्षा क्षेत्रका लागि १ खर्ब ६३ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कूल बजेटको १० दशमलब ६८ प्रतिशत मात्रै हो ।
गत बर्षको तुलनामा अंकमा बजेट बढेको छ । गत वर्षको १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैंयाको बजेटमा शिक्षाका लागि १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख विनियोजन गरिएको थियो । जुन कूल बजेटको १० दशमलब २ प्रतिशत मात्रै हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६