काठमाडौं : सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन गरेको बजेटमा खेलकुद क्षेत्रको बजेट घटेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेको बजेटमा यस चालु आर्थिक वर्षको लागि युवा तथा खेलकुदलाई ३ अर्ब ९९ करोडको बजेट विनियोजन गरेका हुन् ।
जुन गत आर्थिक वर्षभन्दा झन्डै १९ करोडले कम हो । अघिल्लो वर्ष सरकारले युवा तथा खेलकुद क्षेत्रमा ४ अर्ब १८ करोड ९५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
चालु आर्थिक वर्षको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख बजेटमध्ये युवा तथा खेलकुदको बजेट समग्रमा ०.२६ प्रतिशत हुन आउछ ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६