काठमाडाैं : बिहीबार देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने र देशका पूर्वी र मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
हेर्नुहाेस् आज र भाेलिकाे माैसमी पूर्वानुमान :
जेठ १६ गते बिहीबार
दिउँसो: देशका पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली, मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भूभाग तथा मध्य पहाडी भेगका थोरै र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।
जेठ १७ गते शुक्रबार
दिउँसो: देशका पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली, पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमामा आंशिकदेखि सामान्य बदली, मध्य तराईका भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६