लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा एक हजार चिनिया मुद्रा युआन पठाएको लिउले बताएका थिए । तर एक साता नपुग्दै उनलाई पाँच हजार युआन कमाएको भनिएको थियो । लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो । तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।
विस्तृत अनुसन्धान पश्चात प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरुले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरुलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले यस घटनामा थप अनु्सन्धान गरिरहेको बताएको छ ।