६६ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा अयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथन दौडको १७ औं संस्करणको पुरुषतर्फको उपाधि सोलुखुम्बुका सुमन कुलुङलेले हात पारेका छन् । उनले ४२ किलोमिटरको निर्धारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेण्डमा पुरा गरी उपाधि जितेका हुन् ।
त्यस्तै रुकुमका कपिलदेव बुढाले निर्धारित ४२ किलोकिटर धुरी ३ घण्टा ५६ मिनेट दुरी पुरा गर्दै द्धितिय भए । त्यस्तै राम कुमार राजभण्डारीले ३ घण्टा ५८ मिनेटमा धुरी पुरा गरि तृतिय स्थान हात पारेको छ ।
आज बिहान सगरमाथाको आधारशिविरबाट शुरु भएको म्यारथन गोरक्सेप, लोवुचे, थुक्ला। फेरिचे, दिङवोचे, पाङवोचे, तेङवोचे क्याङेमा हुदै नाम्चे बजारको चौरक्याम्पमा आएर समापन भएको हिमालय एक्पिडिशनले जनाएकाे छ ।
किलोमिटर तर्फ ५० हजार, ३५ हजार र २५ हजार पुरस्कार जित्नुभएको छ । त्यस्तै ६० किलोमिटर अल्ट्रातर्फको विजेताले क्रमश एक लाख, ७५ हजार र ५० हजार जित्नु भएको आयोजक संस्था हिमालयन एक्सपीडीशन प्रा. लिले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६