काठमाडौं : श्रृजनशील लघुवित्त वित्तीय संस्थाको जेठ १८ गते साधारणसभा हुने भएको छ । संस्थाले सूचना प्रकाशित गर्दै जेठ १८ केन्द्रीय कार्यालय गोलबजार–७, चोहर्वा सिराहामा हुने जनाएको हो ।
सभामा १००५ हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने मुख्य एजेन्डा रहेको सूचनामा उल्लेख गरेको छ । संस्थाले वर्तमान चुक्ता पुँजी ७ करोड रुपैयाँबाट बढाएर १४ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पेस गर्न लागेको हो ।
यस्तै, अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेस हुने छ । हाल यस लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ । सभामा २०७५/७६ का लागि लोखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि लगिने छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६