दिपालय सिलगढी नगरपालिकाले नगरक्षेत्रमा रहेका चार श्रमिक बालकलाई विद्यालय भर्ना गरेको छ । नगरपालिकालाई नै बालश्रममुक्त नगर बनाउने अभियानअन्तर्गत पहिलो चरणमा ती बालकलाई दिपायलस्थित राजपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भर्ना गरिएको नगर प्रमुख मञ्जु मलासीले बताए, हामीले नगरपालिकालाई नै बालश्रममुक्त बनाउने अभियानअन्तर्गत पहिलो चरणमा चार जना श्रमिक बालकलाई स्कुल भर्ना गरेका छौँ, बाँकी सबैलाई विस्तारै स्कुल भर्ना गर्ने छौँ ।
वडा नं ६ का विभिन्न घरमा घरेलु श्रमिकका रुपमा काम गरिरहेका बालकलाई सरकारी बजेटमा पढाउने गरी विद्यालय भर्ना गरिएको वडाअध्यक्ष सन्तोष बोहराले जानकारी दिए ।
बालकहरुलाई विद्यालय भर्ना गर्नका लागि आफूहरुले लामो समयदेखि प्रयास गरेको र अहिले आएर सफल भएको बोहरा बताउछन् । बालश्रमिकमुक्त नगर बनाउने अभियान सफल पार्न नगरपालिकाले कडा कानून ल्याउने तयारी गरिरहेको नगर उपप्रमुख शिवराज खड्काले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६