भोजपुर : भोजपुरमा आमाले आफ्नै नाबालक छोराको हत्या गरेकी छन् ।
भोजपुर नगरपालिका ९ पानीट्यांकीमा आमाले आफ्नै तीन वर्र्षीय छोराको खुकरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको रामप्रसाद राई गाउँपालिका बासिखोरा घर भएका सूर्य थापाकी श्रीमती २५ वर्षीया सम्झना थापाले मंगलबार बिहान ८ बजेतिर खुकुरी प्रहार गरी आफ्नै तीन वर्षीय छोरा सम्बोधनको हत्या गरेकी हुन् ।
हाल भोजपुर नगरपालिका ९ पानीट्यांकीमा डेरा गरेर बस्दै आएकी सम्झनाले खुकरी प्रहार गरी छोरालाई दुई भाग बनाएर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनापश्चात् आमा सम्झनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेवेले जानकारी दिए । बालकको शव भने आवश्यक प्रक्रियापश्चात् जिल्ला अस्पतालमा पठाइएको डिएसपी थेवेले बताए ।
स्थानीयले भने आमा सम्झनाको मानसिक सन्तुलन कमजोर भएको हुनसक्ने बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६