विश्वकप क्रिकेट अघि भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई सहज रुपमा पराजित गरेको छ । सोमबार राति भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गर्यो। २ सय ४० रनको लक्ष्य अष्ट्रेलियाले ४४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
अष्ट्रेलियाका लागि ओपनर उस्मान खवाजाले ८९ जोड्दै सहज जित पक्का गरे । कप्तान आरोन फिन्चले ११, शन मार्श ३४, ग्लने म्याक्सवेल ३६,मार्कस स्टोनिस ३२ रनमा आउट भए । एलेक्स करी १८ र प्याट कमिन्स ९ रनमा अविजित रहे । श्रीलंकाका जेफरी वांडरसेले २,धनन्जय डी शिल्भा र नुवान प्रदिपले १ विकेट हात पारे ।
त्यस अघि साउथह्याम्प्टनमा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनायो । उसका लागि ओपनर लाहिरू थीरिमानेले सर्वाधिक ५६ रनको योगदान दिए । २५ ओभरको अन्तिम बलमा नाथन लायनले बोल्ड आउट गर्नु अघि उनले ६९ बलमा ७ चौका प्रहार गरे ।
कप्तान दिमुथ करुणारत्ने १६, कुशल परेरा १२, कुशल मेन्डिस २४, एन्जिलो मैथ्यूज १७, जीवन मेन्डिस २१ रनमा आउट भए । तल्लोक्रमका धनन्जय डी शिल्भाले ४१ बलमा ४ चौका सहित ४३ र थिसेरा परेराले २७ रन बटुले ।
अष्ट्रेलियाका लागि एडम जम्पाले सर्वाधिक २ विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६