पाँचथर : जिल्लाको मिक्लाजुङ गाउँपालिकाले नौ जनाको सामूहिक हत्या भएको शोकमा आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको बैठकले यही जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए ।
हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् । गाउँपालिकाले सूचना जारी गरी गाउँपालिकाका सबै शैक्षिक संस्थालाई मंगलबार शोक मनाउन आह्वान गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६