ब्राजिलकाे छुट्टाछुट्टै जेलमा ४२ जना कैदी मृत फेला परेका छन्। जेलभित्र समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि ४२ जनाकाे मृत्यु भएकाे सार्वजनिक भएको हो।
ब्राजिलकाे एमेजन राज्यको राजधानी मेनोसमा राज्यमा पछिल्लो घटना अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको अधिकारीहरूले बताएका छन् । कैदीहरूकाे निरीक्षणका क्रममा चारवटा कारागारमा कैदीहरू मृत फेला परेको अधिकारीहरूको भनाइ छ।
ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमवारको घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन्। सो क्षेत्रमा पर्ने एनिसो जोबिन पेनिटेन्शियरी कम्पलेक्समा आइतवार कैदीहरूसँग भेटघाट गर्ने समयमा झडप भएको थियो।
दुई वर्षअघि सोही कारागारमा ५६ जना मारिनेगरी कैदीहरूबीच झगडा भएको थियो। त्यसलाई ब्राजिलका जेल भएका नराम्रामध्येको एक घटनाको रूपमा लिइन्छ।
ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा आउँछ। आधिकारिक तथ्याङ्क अनुसार यो वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए। ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६