काठमाडाैं : मंगलबार मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदली रहने र देशका पूर्वी भाग लगायत केही पहाडी भू–भागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेकाे मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
हेर्नुहाेस् आगामी तीन दिनकाे माैसमी पूर्वानुमान :
जेठ १४ गते मंगलबारः
दिउँसो: देशका पूर्वी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । तथापि अपरान्हपश्चात वा साँझतिर मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदली हुनेछ । देशका पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ भने अन्य पहाडी भेगका एक-दुई स्थानमा अपरान्हपश्चात वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भेगमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पूर्वी भेगका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
जेठ १५ गते(बुधबार:
दिउँसो: देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका १-२ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
जेठ १६ गते बिहीबार:
दिउँसो: देशका पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भूभागका केही र पश्चिमी पहाडी भेगका १-२ स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ ।
राति: देशका पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।
देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६