काठमाडाैं : एयरहोस्टेजको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ जिल्ला घोराही उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ लैनचौर बस्ने वर्ष २६ को भरत खड्का रहेको प्रहरीले जानकारी दिएको छ।
खड्कामाथि काठमाडौँ गल्फुटार बस्ने क्रिपा लिम्बु, उर्मिला चौधरी र गोमा विश्वकर्मालगायतलाई एयर होस्टेजको जागिर लगाइदिन्छु भनी ६ लाख ठगी गरी सम्पर्क बिहिन भएको आरोप लागेको छ।
उनीहरुको जाहेरीका आधारमा खड्कालाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ।
त्यस्तै दुई लाख लुट्दै गर्दा बालाजुबाटै एक जना पक्राउ परेका छन्।
माछापोखरी चोकमा २ लाख चोरी गर्दै गर्दा उदयपुर घर भई टोखामा बस्दै आएका २५ वर्षीय वसन्त परियारलाई पक्राउ गरिएको बालाजु प्रहरीले बताएकाे छ ।
परियारले पाँचथर घर भई चाबहिल बस्ने नरेन्द्र माखिमको साथबाट २ लाख लुटेका थिए। लुट्दै गर्दा गस्ती टोलीले परियारलाई नियन्त्रणमा लिएको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको बताएको छ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६