२०३६ सालको विद्यार्थी आन्दोलन र लगत्तै भएको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२ को जनआन्दोलनमा प्रभावकारी ढङ्गले क्रियाशील व्यक्तिहरूको छटपटीको दशा कस्तो अवस्थामा रहेछ भन्ने अनुभूति नुतन थपलियाजीले एउटा भेटमा गराउनुभयो। असोज ७ गते एम्नेस्टी नेपालको नयाँ कार्यसमितिको परिचय कार्यक्रमका बेलामा भेला भएकामध्ये हामी केही कसरी हो कुन्नि एउटा कुनामा थुप्रिएछौँ। दुर्गा सुवेदी, नुतन थपलिया र अरु केही। मलाई लाग्यो, एउटा छटपटी-पुस्ता विभिन्न क्षेत्र र भूगोलमा गुजुल्टो पर्न बाध्य पारिएको रहेछ। असोज १२ गते एउटा चियापान समारोहमा पुगेँ। मुर्धन्य व्यक्तित्वहरू हुनुहुन्थ्यो। मधेसकेन्›ित नेताहरूको बाक्लो उपस्थिति थियो। राजेन्› महतोजीलाई भनेँ, अब फेरि बन्दसन्द गर्नुभयो भने बोर्डरबाटै बोकेर यहाँ ल्याइपुर्याउँछु। हात जोडेर भनेँ, कृपया हाम्रो मधेसको हालत अझै नबिगारिदिनूस्, किसान त मरे। खुसीलाल मण्डलजी अलि पर हुनुहुन्थ्यो, जनआन्दोलनका बेलाका आधिकारिक नेता, मैले किशोर अवस्थादेखि पछ्याएको व्यक्तित्व। महतोजी ओलीजीको हुँदैन, हुँदैन चरित्रको व्याख्या गर्न थाल्नुभयो। मैले भनेँ, संसद्मा पारदर्शी बहस गरिदिनूस्। जनता र नेताबीचको सम्बन्धलाई सिद्धान्तको सेतुले गाँसिदिनूस्। एकजना तन्नेरीले प्याच्च थपिदिए, ओलीजीलाई त सुबोध दाइले कुरा गरिहाल्नुहुन्छ नि नेताज्यू। एउटा हाँसोको फोहराले मलाई गिज्यायो।
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३