काठमाडौ : कैलाली धनगढीको बसपार्कको एक होटलमा युवकको नग्न अवस्थामा शव फेला परेको छ ।
धनगढी उप–महानगरपालिकाको वडा नम्वर ४ वसपार्क स्थित श्रीपाल होटलको कोठा नम्बर १०५ मा धनगढी तारानगरका आदर्श भट्टको शव फेला परेको हो। उनीसँगै रहेका धनगढीका २ जनालाई पक्राउ पनि गरिएको छ।
धनगढी उत्तरवेहडीका यसपाल मल्ल र प्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। दुवै जना लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ।
शंकास्पद अवस्थामा शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६