काठमाडौंको कीर्तिपुरमा रहेको अग्ला रुखको हाँगामा आफ्नो गुँड बनाउन व्यस्त तोप चरा ।
तोप चराहरु गर्मीयाम सुरु भएपछि काठमाडौंको शान्त ठाउँमा आउने गर्छन् भने जाडोमा बसाइँ सरेर गर्मी ठाउँमा जाने गर्छन् ।
नेपालमा पाइने विभिन्न प्रकारका चरामध्ये रंगीन चरा तोप चराको परिचय नै बेग्लै छ ।
अग्ला रूखहरूमा कलात्मक शैलीमा सुन्दर गुँड निर्माण गर्ने हुँदा यसलाई इन्जिनियर चरा पनि भनिन्छ ।
विभिन्न घाँस, पराल र साना हाँगाबाट तयार गरेको ये गुँड हेर्दा निकै आकर्षक देखिन्छ । एउटा गुँड तयार गर्न तेप चरालाई एक हप्ताजति समय लाग्छ ।
हेरौं तोप चराले कसरी आफ्नो गुँड बनाउँछ :
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६