काठमाडाैं : काठमाडौं महानगरपालिका-१४ कलंकी चोकबाट करिब ३ फिट ६ ईन्च लामो बाघको छाला जस्तो देखिने बस्तुसहित दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङ सल्यकोट गाउँपालिका-९ घर भई हाल काठमाडौं बालाजु वाईपास बस्ने ३५ वर्षीय उदय मगर र बर्दिया राजापुर नगरपालिका-९ घर भएका ३० वर्षीय कृष्ण चौधरी रहेकाे प्रहरीले जनाएकाे छ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त बस्तु सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६