कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिए ।
उनले उक्त घटनाको अनुसन्धान शुरु भइसकको पनि बताए । यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् ।
सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ (समूह) भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् । अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।