निजगढ : ठूलो परिमाणमा लागुऔषध गाँजासहित बाराको निजगढबाट वडा सदस्य पक्राउ परेका छन् ।
निजगढ नगरपालिका वडा नम्बर आठ बुद्ध चोकबाट तिन सय ७५ किलोग्राम गाँजासहित निजगढ ११ का वडा सदस्य नरबहादुर थापालाई सोमबार बिहान (राति) २ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
थापा तत्कालिन नेकपा माओबादीबाट वडा सदस्यमा निर्वाचित भएका थिए । थापासँगै निजगढ ११ का २९ वर्षीय धनबहादुर स्याङ्तान र २० वर्षीय शिवहरि खत्रीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनाकाे आवश्यक अनुसन्धान भरहेको इलाका प्रहरी कार्यालय निजगढका इन्चार्ज विक्रम लामाले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६