दाङ : अत्यधिक गर्मीका कारण दाङका निजी विद्यालय चार दिन बन्द हुने भएका छन् ।
प्याब्सन र एनप्याब्सनमा आबद्ध जिल्लाका सम्पूर्ण विद्यालय यही जेठ १४ देखि जेठ १७ गतेसम्म बन्द हुने छन् । प्याब्सन र एनप्याब्सनले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरी सो जानकारी गराएका हुन् ।
अत्यधिक गर्मीका कारण विभिन्न रोगको संक्रमण बढ्ने भएकाले विद्यालय बन्द गर्नुपरेको प्याब्सन अध्यक्ष रेशमबहादुर बुढा र एनप्याब्सन अध्यक्ष भीमबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६