काठमाडौं : काठमाडौंका सुकेधारा र घट्टैकुलाेमा भएकाे बम विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधारा विस्फोटमा परी घाइते भएर ओम अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको हो ।
यसअघि सुकेधारामा दुई र घट्टेकुलोमा एक जनाको मृत्यु भएको थियो । ओम अस्पतालमा मृत्यु हुनेकाे नाम खुल्न सकेको छैन । विस्फोटमा परी मृत्यु हुने सबै विप्लव समूहकै नेता कार्यकर्ता भएको प्रहरी आशंका छ ।
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६