काठमाडाैं : प्रहरी हौँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । अर्घाखाँची सितापुर-६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई महागरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका थिए । प्रहरीले उनीहरुलाई आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
काठमाडौं महानगरपालिका(१६ वनस्थलीमा सनराइज बेकरी सप संचालन गर्ने नुवाकोट विदुर नगरपालिका-७ रातमाटे घर भएका विनोद नेपाललाई जेठ ६ गते बेकरीमा कुहिएको सामान बेचेकाले मुद्दा चलाइ दिन्छौ भन्दै पाँच लाख माग गरेका थिए ।
दुई लाखमा ससहमति भएपछि एक लाख भोलि दिनु भन्दै एक लाख लिएर हिँडेका उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६