काठमाडाैं : महानगरीय प्रहरी वृत्त बौद्धकाे आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले सामाजिक सञ्जालको दुरुपयोगले विभिन्न घटनाहरु बढ्दै गएको बताए । उनले सामाजिक सञ्जालकाे सदुपयाेग गर्दै आफ्ना बालबच्चाकाे ख्याल गर्न समेत आग्रह गरे ।
त्यस्तै बलात्कारको घटना बढ्दै गएको र यसकाे प्रकृति पनि फेरिएको बताए । उनले भने , अहिले बलात्कारका घटनाको प्रकृति फेरिएको छ । १०० मध्ये ६४ जना १६ वर्ष मुनिका बालबालिका बलात्कृत भएको देखिन्छ त्यो पनि परिचित व्यक्तिबाट ।
यसले समाजलाई गलत दिशामा धकेल्दै गएको उनकाे भनाइ थियाे । समाजमा विभिन्न घटना बढ्दै गएकाले यसको न्युनिकरणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनकाेे भनाइ छ । उनले सामािजक विकृति बढ्दै गएकाे बताए । भने, जबसम्म सामाजिक विकृतिको जरा काटिँदैन तबसम्म अपराध घट्दैन ।

त्यस्तै कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजेन्द्र पाेखरेलले समुदाय साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएकाे र अझै टाेल-टाेलमा पुर्याउनुपर्ने बताए । आइतबार नगरपालिकाकाे थलीस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरुले प्रहरी समुदाय साझेदारी कार्यक्रमले समुदाय रहेको प्रहरीप्रतिको दृष्ट्रिकोणमा परिवर्तन भएको धारणा राखेका थिए ।

कार्यक्रममा कागेश्वरी नगरपालिका प्रमुख कृष्णहरि थापा, उपप्मुख बिन्दु सिंखडा पुडासैनी, विभिन्न वडाका वडा अध्यक्ष, प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी, परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पाेखरेल, प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द लगायत विभिन्न पेशाकर्मीकाे उपस्थिति थियाे ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६