दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्निच्युड रिक्टर स्केलकाे भूकम्प गएको छ।
पेरुकाे स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४१ मिनेट जाँदा (UTC- 7:41) उक्त भूकम्प गएको हो ।
सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर गएकाे भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि अनुभव गरिएको थियाे ।
भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६