मेक्सिको: सरकारी कामका लागि विमानबाट अन्यत्र जाने सिलसिलामा व्यवसायिक जहाजको उडानमा ढिलाई भएपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन्।
आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै मेनाले राजीनामा दिएको बताइएको छ।
राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले मेनाको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यलयले जनाएको छ। राष्ट्रपति कार्यालयबाट जारी गरेको राजीनामा पत्रमा मेनाले आफूले गरेको कार्यको स्पष्टिकरण दिइरहनु नपर्ने भन्दै कुनै कार्य सम्पदन गर्नका लागि कसैलाई विशेषाधिकार दिन नहुने बताएकी छिन्।
राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन्। यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६