बार्सिलोनालाई स्तब्ध बनाउदै स्पेनिस कोपा डेल रेको उपाधी भ्यालेन्यिासले जितेकाे छ । शनिबार राति भएको खेलमा बार्सिलोनालाई २–१ ले स्तब्ध बनाउदै भ्यालेन्सिया कोपा डेल रे च्याम्पियन बनेको हो ।
भ्यालेन्सियाले पहिलो हाफको सुरुमै दुई गोलको अग्रता लिएकाे थियो । २१औं मिनेटमा केभिन गेमेरियाको गोलबाट भ्यालेन्सियाले खेलमा अग्रता बनायो ।
बार्सिलोनाविरुद्ध भ्यालेन्सियाले ३३औं मिनेटमा रोड्रिगोले गोलबाट अग्रता दोब्बर बनायो । दुई गोलले पछि परेपछि बार्सिलोनाले भ्यालेन्सियालाई दवावमा राख्दै १ गोल फर्काउन सफल भएको थियो । तर, थप गोल निस्कन नसक्दा बार्सिलोना उपाधि जित्नबाट वञ्चित बन्यो । ७३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिएका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६