काठमाडाैं : थाइल्याण्डमा बसेर मानब बेचविखन तथा ओसारपसार गर्ने परशुराम गुरुङलाई नेपाल ल्याइ सार्वजनिक गरएिको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले शनिबार पत्रकार सम्मेलन गरेर गुरुङलाई सार्वजनिक गरेको हो।
मानब बेचविखन तथा ओसारपसार गरेर करोडौं ठगी गर्ने गुरुङलाई थाइल्याण्डमा पक्राउ गरी १० जेठमा नेपाल ल्याइएको थियो ।
उनले सक्कली नाम लुकाएर पीडितहरुलाई विभिन्न नाम बताउँदै ठगी गर्दै आएका थिए। सीआईबीका अनुसार ३८ वर्षे गुरुङमाथि हालसम्म ५० जनाभन्दा बढी पीडितहरुले विभिन्न समयमा मानब बेचबिखन तथा ओसारपसार र ठगी मुद्दामा जाहेरी दिएका थिए।
ईन्टरपोलबाट डिफ्युजन नोटिस जारी भई अदालतबाट पक्राउ पूर्जीसमेत जारी भइसकेको तथा अन्दाजी २०० जना भन्दा बढी पिडितहरुले अभियुक्त पर्शुरामबाट ठगिएको भनि सीआईबीमा निवेदन दिएको प्रहरीले जनाएको छ।
पीडितहरुबाट प्रति व्यक्ति ५ लाखदेखि २० लाख रुपैयाँसम्म उठाएको र करिव १३ करोड रुपैयाँ भन्दा बढि ठगेको खुलासा भएको जनाइएकाे छ ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६