बगाउँदैछन् पसिनाको, खोली परदेशमा
कतिखेर चल्छ बरै, गोली परदेशमा
बची बस्नु दाजुभाइ हो, खाडी मुलुकतिर
रगतैको खेल्छन् भन्छन्, होली परदेशमा
एक छाक टार्न आमाबुबा, खुसी पार्न गयौ
पाइन्न होला दिदी–बहिनी, चोली परदेशमा
आजसम्म कसो ग¥यौ, कसो गरी चल्छौ
भाषा बेग्लै इशाराको, बोली परदेशमा
जीवनको ख्याल राख्नु, होसियार भई बस्नु
बिमार भए कसले हेर्छ, भोलि परदेशमा ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६