भारतको गुजरातको आर्थिक राजधानी सुरतमा एक व्यापारिक कम्प्लेक्समा आगलागी हुँदा बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।
२० जनाको जिउँदै जलेर मृत्यु भएको हो भने एक बच्चाको छतबाट लडेर मृत्यु भएको हो । मर्नेहरुमा १८ महिला र ३ पुरुष रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।
मृतकहरुको उमेर १५ वर्षदेखि २२ वर्षबीच रहेकाे बताइएको छ । ११ जना बालबालिकाको अवस्था गम्भीर छ । आगलागीको समयमा आर्टसको कोचिङ कक्षा चलिरहेको थियो । त्यहाँ करिब ४५ जना बालबालिका थिए ।
चार तल्ले उक्त कम्प्लेक्समा शुक्रबार दिउँसो ३ बजेतिर विद्युत सर्ट सर्किट भएर आगलागी भएको थियो । तेस्रो तत्लामा आर्ट कक्षा चल्ने गरेको थियो । ११ जनाको उद्धार गरिए पनि उनीहरुको स्थिति गम्भीर रहेको बताइएको छ ।
तीमध्ये साहसीले तीन चार जना साथीहरुलाई बचाएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विपक्षी दल कांग्रेस अध्यक्ष राहुल गान्धीले शोक जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६