काठमाडौं : दुई जना हिमाल आराेहण सहयाेगी (माउन्टेन गाइड) को मृत्यु भएको छ ।
सगरमाथाको आरोहरण गरेर फर्किँदै गर्दा चर्चित माउन्टेन गाइड ध्रुव विष्टको शुक्रबार मत्यु भएको हो । त्यस्तै माउन्टेन गाइड निमा तेन्जिङ शेर्पाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो ।
विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको बताइएको छ । सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका विष्टलाई तलतिर ल्याउने क्रममा स्वास्थ्य झन् कमजोर बन्दै गएपछि उनको आधार शिविरमा मृत्यु भएको थियो ।
त्यस्तै मकालु हिमाल आरोहणबाट फर्केर दोस्रो आधार शिविरमा आइपुग्दा शेर्पा बिरामी भएपछि मृत्यु भएको बताइएको छ ।
शेर्पा र विष्टको मृत्युपछि यसवर्ष ८ हजार मिटर भन्दा माथिको उचाइमा मृत्यु हुनेको आरोहीको संख्या १८ पुगेको छ ।