भोजपुर : घाँस काट्ने क्रममा माथिबाट खसेको ढुंगाले लागेर भोजपुरमा एक महिलाको मृत्यु भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका–१४ बोयामा भीरबाट खसेको ढुंगाले लागेर ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६० वर्षीया सीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बिहीबार दिउँसो ४ बजेतिर दोभाने भन्ने ठाउँमा घाँस काटिरहेको अवस्थामा भीरबाट खसेको ढुंगाले लागेर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ ।
बुढाथोकीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६