भारतस्थित जम्मु कश्मीरको पुलवामाको त्रालमा बिहीबार राति सुरक्षाकर्मीहरुले आतंकवादी समूह अलकायदाका कथित आतंकवादी जाकिर मुसाको मृत्यु भएको छ ।
बुरहान वानीको मृत्युपछि मुसा नै हिजबुलको कमान्डर बनेका थिए । त्यसपछि मुसाले कश्मीरमा अलकायदासंग जोडिएको संगठन अन्सर गजवत उल हिन्द सुरु गरेका थिए ।
अधिकारीहरुका अनुसार सुरक्षाबलले पाएको सुराकीपछि त्रालको ददसारा गाउँको एक घर घेरा हालेको थियो ।
घेरिएपछि आतंकवादीहरुले सुरक्षाकर्मीमाथि फायरिङ गरेका थिए । उनीहरुले ग्रेनेडबाट हमला गरेका थिए । जवाफी कार्वाहीमा मुसालाई मारेका थिए ।
थप आतंकवादी लुकेको आशंकामा सेनाले खानतलासी गरिरहेको छ । उक्त क्षेत्रमा कुनै अफबाह नफैलियोस् भन्नका लागि इन्टरनेट सेवा बन्द गरिएको छ ।
को मृत्यु भएको जनाएका छन् ।
बुरहान वानीको मृत्युपछि मुसा नै हिजबुलको कमान्डर बनेका थिए । त्यसपछि मुसाले कश्मीरमा अलकायदासंग जोडिएको संगठन अन्सर गजवत उल हिन्द सुरु गरेका थिए ।
अधिकारीहरुका अनुसार सुरक्षाबलले पाएको सुराकीपछि त्रालको ददसारा गाउँको एक घर घेरा हालेको थियो । घेरिएपछि आतंकवादीहरुले सुरक्षाकर्मीमाथि फायरिङ गरेका थिए । जवाफी कार्वाहीमा मुसा मारिएकाे सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।
थप आतंकवादी लुकेको आशंकामा सेनाले खानतलासी गरिरहेको उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६