काठमाडौं : थ्री स्टार एकेडेमी र न्यू डायमण्ड एकेडेमी ’ए’ र दोस्रो चन्द्रागिरी उपमेयर कप बिद्यालय छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको क्वाटरफाईनल खेलमा थ्रीस्टारले परोपकार बीलाई २५–१७,२०–२५ र २५–१६ को सेटमा हरायो ।
दोश्रो क्वाटरफाईनल खेलमा न्युडायमण्ड एले वाकओभर पाए पछि अन्तिम चारमा स्थान बनायो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा संचानल भएको प्रतियोगिता अन्तर्गत लिग चरणको खेलमा सफलता हात पादै न्यु डायमण्ड बीले बिजेश्वरी ज्ञानमन्दिरसँग तथा पारामाउण्टले ज्ञानसुदासग क्वाटरफाईनलमा भेट पक्का गरेका छन् ।
आफ्नो अन्तिम लिग खेलमा न्युडायमण्ड बीले परोपकार एलाई २५–१२ र २५–१५ को सोझो सेटमा हरायो । दोश्रो खेलमा पनि परोपकार ए पारामाउण्टसँग २५–९ र २५–८ को सोझो सेटमा पराजित भयो ।
प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १ – १ हजार पाउने छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६