इटहरी : घुस खाएको भन्दै मेयर द्वारिकलाल चौधरीले कर्मचारीलाई कुटपिट गरेपछि इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् ।
कर्मचारीले चौधरीलाई कार्बाहीको माग गर्दै काम बन्द गरी बुधवारदेखि आन्दोलनमा उत्रिएका थिए । चौधरीले उपमहानगर–१९ का वडा सचिव मनोज दाहाललाई कार्यकक्षमै कुटपिट गरेका थिए
उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारीले ज्ञापनपत्र बुझाउँदै मेयरलाई कानुनी कार्बाही गर्न माग गरेका छन् ।
सेवाग्राहीले लामो समयदेखि इटहरीमा भ्रष्टाचार मौलाउँदै गएको र जनप्रतिनिधि आएपछि पनि भ्रष्टाचार कायम रहेको आरोप लगाउँदै आन्दोलनप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६