देशबासीहरू ! सन् २०१४ मा तपाईंहरू मेराबारे त्यति जानकार हुनुहुन्नथ्यो । तर मलाई चिनेपछि तपाईंहरूले मेरो समर्थनमा निकै शक्ति दिनुभयो । म यसपछिका भावनालाई राम्ररी बुझ्छु । जसरी अमीत भाइ भनिरहेका थिए कि धेरै वर्षपछि एउटा निर्वाचित सरकार दोस्रो पटक पूर्ण बहुमत र पहिलाभन्दा बढी मत ल्याएर जितेर आएको छ- यसको अर्थ जनताको ठूलो भरोसा छ ।
भरोसा जसरी बढ्छ, जिम्मेवारी पनि झनै बढ्छ । यसकारण देशबासीले मलाई जुन जिम्मेवारी सुम्पेका छन्, यसलाई मेरो वाचा, संकल्प र प्रतिबद्धता ठान्नुहोस्, तपाईंहरूले मलाई पुन: जुन काम दिनुभएको छ, आगामी दिनमा पनि बदनियत राखेर म कुनै काम गर्नेछैन ।
काम गर्दै जाँदा गल्ती हुनसक्लान् तर बदनियतपूर्ण तवरले कुनै काम गर्दिनँ । तपाईंहरूले ममाथि यति ठूलो भरोसा गर्नुभएको छ कि म मेरालागि केही गर्नेछैन ।
तेस्रो कुरा, मेरो समयको पलपल, मेरो शरीरको कणकण मात्र र मात्र देशबासीका लागि हो । मेरा देशबासीले जब मेरो मूल्यांकन गर्छन्, यी तीन तराजुमा मलाई हेर्नू । केही कमी भए प्रश्न गर्नू । मैले सार्वजनिक रूपमा जे बोल्छु, त्यसलाई पूरा गर्ना हरसंभव प्रयास गर्नेछु ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६